नक्कली नोटसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८२ साउन २० गते १६:३५

सुनसरी। कोशी गाउँपालिका–८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका–१ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन् ।
इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित










आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया