काठमाडौँमा बजाज चेतक ईभीको पहिलो ‘स्टेट-अफ-द-आर्ट’ एक्सपेरियन्स जोन

काठमाडौँ । नेपालको विद्युतीय सवारी बजारमा बजाज अटो लिमिटेडले काठमाडौँको नक्सालमा बजाज चेतक ईभीको पहिलो ‘स्टेट-अफ-द-आर्ट’ एक्सपेरियन्स जोनको उद्घाटन गरेको छ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को सहकार्यमा तयार पारिएको सो सोरुमको उद्घाटन गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले साउन २० गते गरेका हुन्।
एकै छानामुनि सम्पूर्ण ईभी सुविधा
करिब १,८०० वर्गफुटमा फैलिएको यो अत्याधुनिक सोरुले उपभोक्तालाई एकै स्थानमा परीक्षण सवारी (टेस्ट राइड), बुकिङ, र चेतक–विशेष सर्भिस सुविधा प्रदान गर्छ।
जहाँ ग्राहकहरूले लाइभ चार्जिङ डेमो, ईभी विशेषज्ञहरूसँग परामर्श, डिजिटल इन्टरफेससहितको अन्तरक्रियात्मक स्कूटर अनुभव, तथा मिनिमलिस्ट र वातावरणमैत्री डिजाइनको अनुभव गर्न सक्नेछन्। सोरुममा आउने ग्राहकले चेतक ब्रान्डको नवप्रवर्तन, डिजाइन र प्रिमियम सेवाको पूर्ण अनुभव गर्न पाउनेछन्।
कार्यक्रममा उपस्थित ईभीप्रेमी र मिडियाकर्मीहरूले बजाजको नयाँ विद्युतीय स्कूटर चेतक ३५०१ को प्रत्यक्ष अनुभव लिएका थिए।
स्कूटरका मुख्य विशेषताहरू
१५३ किमीको ARAI प्रमाणित रेन्ज
IP67 प्रमाणित फुल-मेटल बडी
५ इन्चको स्मार्ट TFT टचस्क्रिन – नेभिगेसन, फोन कल, म्युजिक कन्ट्रोलसहित
की-लेस एक्सेस, रिमोट इम्मोबिलाइजेसन, एन्टि-थेफ्ट अलर्ट र एक्सिडेन्ट डिटेक्सन
३५ लिटरको अन्डरसिट स्टोरेज – सेग्मेन्टकै ठूलो
०–८०५ चार्ज ३ घण्टाभित्र – छिटो चार्ज हुने क्षमतासहित
सो अवसरमा अभिमन्यु गोल्छाले भने, “यो सोरुम हाम्रो ग्राहकहरूप्रति प्रतिबद्धताको प्रतिबिम्ब हो। हामी चाहन्छौँ प्रत्येक आगन्तुकले चेतकको स्मार्ट डिजाइन, भरपर्दो प्रदर्शन र दिगो भविष्यमाथिको विश्वासलाई अनुभूत गर्न सकून्।”
बजाज चेतकको यो पहिलो एक्सपेरियन्स जोनले कम्पनीको विद्युतीय सवारीसाधनलाई शहरी यात्राको स्मार्ट विकल्प बनाउने दिशामा एउटा ठोस पाइला अगाडि बढाएको छ।
स्मार्ट, प्रिमियम र दिगो गतिशीलताका साथ चेतक ब्रान्ड अब नेपालको ईभी यात्रामा नयाँ मानक स्थापित गर्न अग्रसर छ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया