संसद्कै समीक्षा गरौँ : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्प्रति जनताको आस्था र विश्वास बढाउन संसद्का काम कारबाहीलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले संसद्को काम कारबाहीलाई समीक्षा गर्नुपर्ने आवश्यकता औंँल्याएका हुन् ।
उनले संसद् सरकार, कानुन र बजेट बनाउने थलोमात्रै नभएर आफ्नो कार्यशैली र व्यवहारबाट विश्वास सम्प्रेषण गर्ने साझा थलो पनि भएकाले त्यो अभिभारा पूरा गर्ने दायित्व सरकार र प्रतिपक्षी दल सबैको भएको बताए ।
महामन्त्री शर्माले भने, “संसद् कत्तिको सफल भइरहेको छ । सरकार कत्तिको प्रभावकारी भएको छ । प्रतिपक्षमा रहेका दलहरु सुझाव र दबाबको भूमिकामा कत्तिको प्रखर र जिम्मेवार बनेका छन् ? नागरिक पङ्क्तिमा रहेको आशा र विश्वासलाई सफलतामा बदल्न कत्तिको सफल भएका छौँ ?”
महामन्त्री शर्माले वर्षाँैपछि बनेका कतिपय विधेयक संसद्मा विचाराधीन रहेको, कानुन निर्माणमा उत्साहवर्द्धक प्रगति हुन नसकेको तथा कतिपय विधेयकमा असमझदारी बढेको र कतिपय दल सदन बहिस्कार गरेर हिँडिरहेको बताए ।
उनले भिजिट भिसा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे । यस विषयमा उच्चस्तरीय छानबिन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
कांग्रेस महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संयमता अपनाउन सुझाव दिए । महामन्त्री शर्माले सहकारी पीडितलाई पाँच लाखसम्मको रकम फिर्ता गराउने प्रक्रियामा अविलम्ब गति बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “अध्यादेश हुँदै संसद्बाट यससम्बन्धी मार्ग प्रसस्त पनि भइसकेको छ, किन ढिला भइरहेको छ । म गृहमन्त्रीलाई सभामुखमार्फत प्रश्न गर्दछु सहकारी ठग कोही जेल गए, अझैपनि कैयौँलाई कारबाहीको दायरामा ल्याउन किन ढिलाइ भइरहेको छ ? जिबी राईका दुई पार्टनर जेलमा छन् तर उनलाई नेपाल ल्याउन किन विलम्ब भइरहेको छ ?”
उनले विद्यालय शिक्षासम्बन्धी विधेयक चाँडो अगाडि बढाउन, किसानलाई मलखादको व्यवस्था गर्न, स्वास्थ्य सेवा बिमा सहज बनाउन, विपीन जोशीको रिहाइ गर्न तथा भैरहवा र पोखरा विमानस्थल प्रभावकारी सञ्चालन गर्न सरकारसमक्ष माग गरे ।
महामन्त्री शर्माले संविधान दिवसलगायत कतिपय अवसरमा कैदमा रहेका नागरिकका चालचलन ठिक रहेको भनेर कतिपय कैदीलाई छुट दिने विषयको गम्भीर समीक्षा गरेर मात्रै कानुन संशोधन गर्न आग्रह गरे । उनले दैलेखमा फेला परेको ग्याँसको उत्खननमा सरकारको सफलतालाई बधाई दिँदै ग्याँस उत्खननका लागि प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष माग गरे ।

















दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
निर्वाचन शान्तिपूर्ण बनाउन नेपाल–भारत सीमानाकामा सुरक्षा कडाइ
निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
प्रतिक्रिया