जेइको जे ५ ईभी सार्वजनिक, नाइमा एक्सपोमा बुकिङ गर्दा विशेष छुट

काठमाडौँ । एसपीजी अटोमोबाइल्सले प्रिमियम एसयूभी ‘जेइको जे-५’ नेपाली बजारमा भित्र्याएको छ । बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जेइको जे-५ सार्वजनिक गरिएको हो ।
कम्पनीले ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे-५ नेपाली बजारमा प्रिमियम एसयुभीको रूपमा भित्र्याएको छ । १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८-इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता विशेषताले गाडीलाई विशेष बनाएको कम्पनीको दाबी छ ।
जेइको जे-५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिए पनि नाइमा एक्स्पो विशेष अफरअन्तर्गत गाडी ५६ लाख ९९ हजार रुपैयाँमै बुकिङ गर्न सकिनेछ ।
त्यसैगरी, कम्पनीले ओमोडा र जेइकोका अन्य मोडेलहरूमा समेत विशेष अफर ल्याएको छ । जस अनुरूप सुरुवाति मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको ओमोडा ई ५ नाइमा विशेष अफरको रूपमा ५४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ । त्यस्तै सुरुवाति मूल्य ६९ लाख ९९ रुपैयाँ रहेको जेइको जे ६ अफरको रूपमा ६५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ ।
नाइमा एक्स्पोमा ओमोडा र जेइकोका कुनै पनि मोडेल बुक गर्दा अफर तथा छुट पाइने कम्पनीले जनाएको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया