जेइको जे ५ ईभी सार्वजनिक, नाइमा एक्सपोमा बुकिङ गर्दा विशेष छुट

काठमाडौँ । एसपीजी अटोमोबाइल्सले प्रिमियम एसयूभी ‘जेइको जे-५’ नेपाली बजारमा भित्र्याएको छ । बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जेइको जे-५ सार्वजनिक गरिएको हो ।
कम्पनीले ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे-५ नेपाली बजारमा प्रिमियम एसयुभीको रूपमा भित्र्याएको छ । १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८-इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता विशेषताले गाडीलाई विशेष बनाएको कम्पनीको दाबी छ ।
जेइको जे-५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिए पनि नाइमा एक्स्पो विशेष अफरअन्तर्गत गाडी ५६ लाख ९९ हजार रुपैयाँमै बुकिङ गर्न सकिनेछ ।
त्यसैगरी, कम्पनीले ओमोडा र जेइकोका अन्य मोडेलहरूमा समेत विशेष अफर ल्याएको छ । जस अनुरूप सुरुवाति मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको ओमोडा ई ५ नाइमा विशेष अफरको रूपमा ५४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ । त्यस्तै सुरुवाति मूल्य ६९ लाख ९९ रुपैयाँ रहेको जेइको जे ६ अफरको रूपमा ६५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ ।
नाइमा एक्स्पोमा ओमोडा र जेइकोका कुनै पनि मोडेल बुक गर्दा अफर तथा छुट पाइने कम्पनीले जनाएको छ ।
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया