फक्सवागनका पावरफुल दुई मोडल वट्रस र टाइगुन नेपाली बजारमा, केके छन् विशेषता ?

काठमाडौँ । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले नाइमा अटो शोमा वट्रस सेडान र नयाँ टाइगुन गाडीको लञ्च गरेको छ ।
यी दुवै गाडीहरूमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरूले ग्राहकहरूलाई अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति गराउने विश्वास रहेको कम्पनीले जनाएको छ ।
यी दुवै गाडीहरूको अनावरण नाइमा अटो शोमा जर्मन राजदुतावास उदो भोल्जले गरेका थिए ।
अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरूमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सि.सि.बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ ।
वट्रस जि टी सेडान र टाइगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउने कम्पनीले जनाएको छ ।
फक्सवागन वट्रस सेडान
फक्सवागन वट्रस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभी भन्दा पनि बढी अर्थात १८० मि.मि.को ग्राउण्ड क्लियरेन्सका साथ आउँदछ जसले गर्दा खाल्डा खुल्डीहरूमा पनि गाडी छुने डर हुँदैन । बलियो च्यासिस, पावरफुल इन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा शहर होस् वा ग्रामीण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ ।
फक्सवागन टाईगुन जी टि एसयूभी
नेपालको बाटोमा सुहाउँदो, १८८ मि.मि.को ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कम्र्फटका फिचरहरू राखिएको छ ।
उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल इत्यादि दुवै मोडलमा राखिएको छ ।
सो कार्यक्रममा उत्पादकका तर्फबाट प्रतिनिधित्व गर्दै सेल्जि जोजेफ भन्छन्, “यी दुवै मोडल विशेष गरी भारतका बाटो तथा पेट्रोलको गुणस्तरलाई मध्यनजर गरि बनाएको हुनाले नेपालको बाटोमा पनि उपयुक्त हुने कुरामा विश्वस्त छौँ । बिक्री पश्चात्को पार्टस्को मूल्यहरू पनि अन्य भारतिय गाडीहरू बराबर रहेको हुनाले मर्मत सम्भार खर्च पनि धेरै कम हुने कुरामा विश्वास दिलाउन चाहन्छु ।”
यसैगरी सो कार्यक्रममा बोल्दै आयातकर्ता पूजा इन्टरनेशनलका सिइओ बिवेक विजुक्छे भन्छन्, “फक्सवागन पावरफुल इन्जिनका साथ नेपाली बजारमा जर्मन इन्जिनियरङ्गको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले वट्रस सेडान तथा टाईगुन एसयूभीका साथ आएको छ । विगतमा जस्तै ग्राहकहरूको अत्याधिक समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको छु ।”
फक्सवागन ब्राण्डका गाडीहरू सन् २००८ देखि बिक्री वितरण गर्दै आएको यस कम्पनीले विगतमा विश्व प्रसिद्ध मोडलहरू जस्तै पोलो, भेण्टो, टिगुआन, जेटा, पसाट, ट्वारेगहरूको सफलतापूर्वक बिक्री वितरण गर्दै आइरहेको छ ।
हाल यस कम्पनीको देशभरि प्रमुख सहरहरू जस्तै विराटनगर, नारायणघाट, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा सर्भिस तथा पार्टस् सेन्टर रहेको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया