धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बिच झडप, ४ राउण्ड हवाई फायर

काठमाडौं । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बीच झडप भएको छ ।
जिल्लाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा साउन २१ गते साँझ करीव सवा ८ बजेको समयमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डिएसपिको कमाण्डमा रहेको सुरक्षा फौजले उक्त तस्करिको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय वासिन्दा जम्मा भई सुरक्षा कर्मी माथी ढुङ्गामुढा प्रहार गरेका थिए ।
स्थितिलाइ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरि बलले एसएलआर बाट ४ राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा स्थानीयले तस्करिको केही सामान लुकाएका छन् भने एउटा मोटरसाईकल र केही किरान सामान नियन्त्रणमा लिइएको छ ।
बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया