रामहरी खतिवडालाई राजिनामा दिन प्रचण्डको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जनाएका छन् ।
हालै संसदवाट पारित भएको संघीय निजामती सेवा बिधेयकको प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटिका बारेमा बोल्दै उनले सभापति खतिवडाले राजिनामा दिनु पर्ने बताएका हुन् ।
आज राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको ‘विद्यार्थीसँग प्रचण्ड संवाद कार्यक्रम’ मा बोल्दै सो राजिनामा मागेका हुन् । ‘रामहरिजी नैतिक जिम्मेवार ठहरिनुभएको छ, उहाँलाई नैतिक रूपमा सभापतिमा बस्ने आधार छैन्,’ उनले भने, ‘अब राजीनामा दिएर राजनीतिक व्यक्तित्वको सुरक्षा गर्नुपर्छ।’
विशेष संसदीय छानबिन समितिको प्रतिवेदनले पनि सभापतिको हैसियतमा खतिवडाले नैतिक जिम्मेवार लिनु पर्ने गरी प्रतिबेदन बुझाएको थियो । प्रचण्डले उक्त विधेकमाथि भएको त्रुटिको जिम्मेवारी खतिवडाले मात्र नभएर सिंगो सदनले लिनुपर्नेमा पनि जोड गरेका छन् ।










नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु
घरमा ढुङ्गा खस्दा हुम्लामा चार जना घाइते
एमाले महाधिवेशन : ४ सय मत खस्यो
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया