नेपाल मोबिलिटी एक्स्पो 2025 ‘नाइमा’ मा मोर्बिडेली नेपालद्वारा इटालीयन मोटरसाइकल सार्वजनिक

काठमाडौं।मोर्बिडेली नेपालले अटोमोबाइल प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्स्पो 2025’ ‘NAIMA’ मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू –T352X रT252X – सार्वजनिक गर्दै नेपाली बजारमा ठूलो प्रवेश गरेको घोषणा गरेको छ।
इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू-भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका छन्।मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले कार्यक्रममा भने,’T352X र T252X मार्फत हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव दिने लक्ष्यसहित अघिबढेका छौं। यी मोडेलहरूले नेपाली भूगोलमा रोमाञ्चक र सुरक्षित यात्रा सुनिश्चित गर्नेछन्।’ MORBIDELLI T352X साहसिक यात्राका लागि भरपर्दो साथT352X मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसले चुनौतीपूर्ण भू-भागहरूमा समेत उच्च प्रदर्शन र सन्तुलनप्रदान गर्ने जनाएको छ।
यस्ता छन विशेषताहरू:
- ३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन
- ४०.९ एचपी ८,५०० आरपीएम , ३१.५ एनएम टर्क
- ६-स्पीड गियरबक्स
- बोश डुअल च्यानल ABS, स्लिपर क्लच
- मोर्बिडेली कनेक्ट एपसँग एकीकृत ७-इन्च TFT डिस्प्ले
- पिरेली स्कॉर्पियन टायर, USD फ्रन्ट फोर्क, मल्टि-लिङ्क रियर सस्पेन्सन
- १८ लिटर इन्धन ट्याङ्की, २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन
- ३३.५ एचपी १२,००० RPM , २१.५ एनएम टर्क
- ६-स्पीड गियरबक्स
- डुअल च्यानल ABS, स्लिपर क्लच
- USD फ्रन्ट फोर्क, १७ इन्च एलोय ह्वील
- TFT डिजिटल डिस्प्ले
ग्राहक सेवामा प्रतिबद्धता
मोर्बिडेली नेपालले बिक्री पछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै देशभर स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवाकेन्द्रहरूको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।’हामी सेवा गुणस्तरमा सुधार ल्याउँदै ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध छौं,’ घिमिरेले थपे।
NAIMA एक्स्पो विशेष अफरहरू
स्टल नं. C5 मा पुग्ने आगन्तुकहरूले:
- मोर्बिडेली तथा बेनेलिका मोटरसाइकलहरूमा विशेष छुट पाउन सक्नेछन्
- बेनेलिका केही मोडेलमा रू. १ लाखसम्म छुट उपलब्ध छ
- निःशुल्क टेस्ट राइड, बुकिङमा उपहार, र विशेष डिलहरू प्राप्त गर्न सकिनेछ
- एक्स्पो अफर मूल्य: रू. ९,२३,०००/- (NAIMA एक्स्पो अवधिभर)

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया