भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्नेलाई अमेरिकाले ५० मिलियन डलर दिने घोषणा

वासिंगटन डिसी। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नेलाई ५० मिलियन डलर पुरस्कार घोषणा गरेको छ ।
विश्वको सबैभन्दा ठूलो लागुऔषध तस्करहरू मध्ये एक भएको आरोप लगाउँदै अमेरिकाले उनलाई पक्राउ गर्ने जानकारी दिनेलाई दोब्बर बढाएर ५० मिलियन डलर अर्थात ५ कराेड डलर पुरस्कार दिने घोषणा गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मादुरोको लामो समयदेखि आलोचक हुन्, जो जनवरीमा मतदानमा धाँधलीको आरोपले बिग्रिएको चुनाव पछि पुनः कार्यालयमा फर्केका थिए। भेनुजुएलाको सो मत परिणामलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।
महान्यायाधिवक्ता पाम बोन्डीले भने कि अमेरिकाले पहिले नै घोषणा गरेको २५ मिलियन डलरको पुरस्कार दोब्बर हुनेछ । राष्ट्रपति मादुरो प्रत्यक्ष रूपमा लागूपदार्थको तस्करी कार्यमा संलग्न रहेको उनको दावी छ।
बिहीबार एक्समामा पोष्ट गरिएको भिडियोमा बोन्डीले मादुरोलाई ट्रेन डे अरागुआ, भेनेजुएलाको यो गिरोह, जसलाई ट्रम्प प्रशासनले आतंकवादी संगठन घोषणा गरेको छ र मेक्सिकोमा रहेको शक्तिशाली आपराधिक नेटवर्क सिनालोआ कार्टेलजस्ता समूहहरूसँग समन्वय गरेको आरोप लगाए।
उनले युएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनले ‘मदुरो र उनका सहयोगीहरूसँग जोडिएको ३० टन कोकेन जफत गरेको र झण्डै सात टन मादुरो आफैंसँग जोडिएको’ दाबी गरेका छन । तर, मदुरोले यसअघि पनि लागुऔषध तस्करीमा आफ्नो प्रत्यक्ष संलग्नता रहेको अमेरिकी दाबीलाई अस्वीकार गर्दै आएका छन् ।
भेनेजुएला सरकारले बोन्डीको टिप्पणीलाई सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन तर मादुरोले पहिले त्यस्ता दावीहरूलाई अस्वीकार गरिसकेका छन्।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया