गोसाईंकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर
मेरोन्यूज
२०८२ साउन २३ गते १०:४१

रसुवा । गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार संघका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
गोसाइँकुण्डमा हिमालयन उद्धार संघले छ जना एमविविएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पुर्याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् । सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सम्बन्धित















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया