राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं। राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले बाँधको विषयमा देखिएका अस्पष्टतालाई विधेयकले थप स्पष्ट पार्दै आवश्यकता अनुसार नेपाल सरकारले सुरक्षा दिने व्यवस्था गरेको बताए । जलको सदुपयोग र संरक्षण गर्नुका साथै यसबाट अधिकतम लाभ लिने उद्देश्यले सरकारले विधेयक ल्याएको उनको भनाइ छ ।
नेपालमा जलश्रोतको उपयोग, विकास तथा संरक्षण मार्फत समग्र राष्ट्रको विकासमा बहु आयामिक सोचमार्फत जलश्रोतको उत्पादकत्व वृद्धि गर्न यस ऐनको महत्त्वपूर्ण भूमिका हुने मन्त्री खड्काले उल्लेख गरे ।










उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया