राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं। राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले बाँधको विषयमा देखिएका अस्पष्टतालाई विधेयकले थप स्पष्ट पार्दै आवश्यकता अनुसार नेपाल सरकारले सुरक्षा दिने व्यवस्था गरेको बताए । जलको सदुपयोग र संरक्षण गर्नुका साथै यसबाट अधिकतम लाभ लिने उद्देश्यले सरकारले विधेयक ल्याएको उनको भनाइ छ ।
नेपालमा जलश्रोतको उपयोग, विकास तथा संरक्षण मार्फत समग्र राष्ट्रको विकासमा बहु आयामिक सोचमार्फत जलश्रोतको उत्पादकत्व वृद्धि गर्न यस ऐनको महत्त्वपूर्ण भूमिका हुने मन्त्री खड्काले उल्लेख गरे ।
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया