तनहुँमा नदीले बगाएर एक जना बेपत्ता
मेरोन्यूज
२०८२ साउन २४ गते २०:५०

दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उहाँकमो खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई पानीले बगाएको थियो ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया