एकीकृत समाजवादीद्वारा आकस्मिक केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही साउन २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आगामी भदौ ८ गते तोकिएको उक्त बैठक करिब दुई साता अगाडि आकस्मिक रूपमा बोलाइएको हो ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार पार्टीभित्र शीर्ष नेताहरूबीच वैचारिक विवाद बढेपछि अधिकांश नेताहरूले सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटीबाट अविलम्ब टुङ्गो लगाउन माग गरेका थिए । पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने छ ।
केन्द्रीय कमिटीका मुख्य एजेण्डा तथा कार्यक्रम तय गर्न यही साउन २५ गते स्थायी कमिटी र साउन २६ गते सचिवालय बैठक बोलाइएको छ । भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्यप्रगतिको छलफल गरिने जनाइएको छ ।
यसैबीच विवाद समाधानका लागि पार्टीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच आज करिब चार घण्टा लामो छलफल भएको थियो ।









यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया