राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक

काठमाडाैं । उपन्यासकार राजेन्द्र वाग्लेले लेखेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ।
साहित्यक पत्रकार संघको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आज उक्त कृतिको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोदप्रधान, अभिनेता सरोज खनालले संयुक्तरुपमा सार्वजनिक गरेका हुन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले उपन्यासमा आम जनताले न्यायापालिकाले गर्ने काम, न्यायाधीशको जीवनशैली र उपन्यासकारले २५ वर्षको न्याय क्षेत्रमा बिताएका अनुभव र भावनालाई सिर्जनामा समेटिएको बताइन्।
‘न्याय दिने संस्था अपरिहार्य छ, न्यायको अन्तिम आशाको केन्द्रविन्दु न्यायालय नै हो’, उनले भनिन्, ‘न्यायालयका कुरा आम जनतामा ल्याउनु पनि साहसको विषय हो, जुन वाग्लेले गर्नुभयो।’
न्यायालय प्राविधिक क्षेत्रको भएको उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘न्यायाधीशको आँखाले न्यायलाई हेर्छु भन्दा महाअभियोग लाग्छ, महाअभियोग लगाउने धम्की आउँछ, राम्रो काम गर्छु भन्दा पनि कठिन छ।’
उपन्यासमा सरल भाषाशैली, सान्दार्भिक उखान टुक्काको प्रयोग गरिएको र राम्रा शब्द चयन गरिएको उनको भनाइ थियो।
न्यायाधीश खतिवडाले उपन्यासमा न्यायिक क्षेत्रको सिङ्गो जीवन समेटिएको र जीवनका उकाली, ओराली, हाँसो, पीडा सबै समेटिएकाले जीवन्त भएको बताए।
‘उपन्यासमा ६० प्रतिशत वास्तविकता र ४० प्रतिशत काल्पनिक छ’, उनले भने, ‘सौरव भन्ने मूल पात्रले न्यायालयमा प्रवेश गर्छ, इमान्दर भएर काम गर्छ, तर अन्तिममा महाअभियोग लगाइन्छ।’
उनले उपन्यास मिठा शब्द र उत्कृष्ट भाषाको प्रयोग लेखिएको राम्रो कृति भएको बताए।
शारदा मासिकका सम्पादक बिमल रोक्काले उपन्यास पढ्नका लागि निकै उपयोगी र जीवन्त भएको बताए। अभिनेता खनालले न्यायका लागि मानिसहरू न्यायालय जानैपर्ने र न्यायलयभित्र कस्तो कस्तो अभ्यास भइरहेको छ भन्ने कुरा कृतिमा प्रष्ट भएको बताए।
वरिष्ठ समालोचक प्रधानले उपन्यासको माध्यमबाट जीवनमा सम्झन र बिर्सन लागेक घटनाहरूको सङ्गालो प्रस्तुत गरेको र न्यायसँग सम्बन्धित लेखनीय पाटो सुन्दर भएको अनुभव सुनाए।
उपन्यासकार वाग्लेले आफूले न्यायालयमा २५ वर्ष बिताउँदाका अनुभवलाई कृतिमार्फत बाहिर ल्याउने प्रयास गरेको जानकारी गराए।
साहित्यक पत्रकार सङघका अध्यक्ष राधेश्याम लेकालीले न्याय पाउनका लागि विश्वसनीय र अन्तिम स्थान न्यायालय भएको र त्यसको महत्व उपन्यास पाउन सकिने भनाइ राखे।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया