यस्ताे छ आजकाे मौसम पूर्वानुमान

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही र मधेश प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागको थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मनसुनको समय भएकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूसँग अनुरोध गरेको छ ।
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया