धनुषसँग प्रेममा छिन् मृणाल ठाकुर ? अभिनेत्रीले खाेलिन् मुख

काठमाडौं । साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको अफेयरको चर्चा चलिरहेको छ। फिल्म ‘सन अफ सरदार २’ को प्रिमियरमा एकसाथ देखिएयता उनीहरु प्रेम सम्बन्धमा रहेकाे चर्चा चुलिएकाे छ ।
लामो समयदेखि हेडलाइनमा रहेकी यी अभिनेत्रीले अब धनुषसँगको आफ्नो सम्बन्धको बारेमा स्पष्ट पारेकी छिन्।
मृणाल ठाकुरले हालै ओन्ली कलिउडलाई दिएको एक अन्तर्वार्तामा भनिन्, धनुष मेरो असल साथी मात्र हो। मलाई थाहा छ कि हामी अफेयर रहेको भन्दै धेरैसमाचारहरू फैलिरहेका छन्। जब मैले समाचार देखेँ, एकदमै फन्नि लाग्यो।
धनुषले सन अफ सरदार २ को स्क्रिनिङमा उपस्थित भएपछि डेटिङको हल्ला बढेको थियो। अभिनेत्रीले यसबारे भनिन्, धनुष सन अफ सरदार २ को स्क्रिनिङमा आएका थिए, कसैले पनि यसलाई गलत नबुझ्नुस्। अजय देवगनले उनलाई निम्तो दिएका थिए।
धनुषले सन् २००४ मा रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तसँग विवाह गरेका थिए। यस विवाहबाट यी दम्पतीका दुई छोरा छन्। यी दम्पतीले २०२२ मा सम्बन्ध विच्छेदको घोषणा गरे, त्यसपछि २०२४ मा आधिकारिक रूपमा सम्बन्ध विच्छेद गरे।
धनुष चाँडै नै साउथ फिल्म इडली कडाई र हिन्दी फिल्म तेरे इश्कमा देखिनेछन्।
मृणाल सन अफ सरदार २ पछि जवानी तो इश्क होना है, तुम हो तो र पूजा मेरी जान जस्ता फिल्मको हिस्सा छिन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया