आइतबार, माघ ११, २०८२

राप्रपा युवा संगठनको अधिवेशनमा विवाद, लिङ्देनले गरे स्थगित

मेरोन्यूज २०८२ साउन २८ गते १४:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित गरिएको छ।

उद्घाटन भएसँगै युवा नेताहरूबीच तीव्र वादविवाद हुँदै हाताहातसम्मको अवस्था पुगेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यक्रम तत्काल रोक्ने घोषणा गरेका हुन्।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच भएको हो ।

प्रतिक्रिया