बुधबार, वैशाख १६, २०८३

बुधबार पनि घट्याे नेप्से

मेरोन्यूज २०८२ साउन २८ गते १८:१९

काठमाडाैं । बुधबार पनि नेप्से परिसूचक घटेको छ। आज नेप्से १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा बन्द भएको छ।

Advertisement
NiccNicc

मंगलबार ६ अर्ब ९१ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७५ करोड रूपैयाँ कमी आएको हो।

आज ३२१ वटा धितोपत्रको एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै एक कम्पनी स्थिर रहेको छ।

यसदिन मायाखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ५.७४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया