कारागारको झडपपछि कैलालीका सीडीओ तानिए मन्त्रालय
मेरोन्यूज
२०८२ साउन २८ गते २०:२९

काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन्।
कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई गृह मन्त्रालय तानिएको हो।
कैलालीको सीडीओमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई खटाइएको छ। दाङमा भने तत्काल कुनै निर्णय भइसकेको छैन।
गत साता कैलाली कारागारमा झडप हुँदा एकजनाको मृत्यु भएको थियो। झडपमा ४७ जना कैदीबन्दी घाइते भएका थिए।
त्यसअघि नै कैदीबन्दीबीच विवाद देखिएको र समयमै सुरक्षा सतर्कता नअपनाउँदा उक्त घटना हुन पुगेको भन्दै हमाललाई सीडीओको जिम्मेवारीबाट अलग गरिएको हो।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया