बाढीले टिङ्कर गाउँ जोड्ने तीन वटा पुल बगायाे
मेरोन्यूज
२०८२ साउन २९ गते ११:०१

दार्चुला टिङ्कर खोलाको बाढीले छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगेपछि टिङ्कर गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ ।
टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिनुभयो । टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए ।
बाढीबाट गाउँमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए । उनले भने, “टिङ्कर सीमा प्रहरीचौकीसँग सञ्चारसेटमार्फत सम्पर्क भएको छ । क्षति भएको स्थानको वस्तुस्थिति बुझ्न टिङ्करबाट प्रहरी परिचालन भएका छन् ।” छाङ्गरुदेखि टिङ्करसम्मको झण्डै ३०० देखि ४०० मिटर बाटो पनि बगेको छ ।
सम्बन्धित
















ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया