विच्छ्याको बाढीले बस्ती जोखिममा
मेरोन्यूज
२०८२ साउन २९ गते ११:२६

बाजुरा । जिल्लाको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ । बुधबार रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय साजन थापाले बताउनुभयो । उक्त खोलाको एउटा झोलुङ्गे पुलसहित केही घरहरु बगाएको उनले बताए ।
हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार अहिलेसम्म दश वटा घरमा क्षति भएको छ । क्षतिको मूल्याङ्कन गर्न पालिकाबाट टोली परिचालन भएको छ ।
प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीबाट मानवीय क्षति भएको छैन । बाढीले उक्त क्षेत्रमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालयले वर्षा जारी रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया