सामाजिक रूपान्तरणका लागि पत्रकारिता, शिक्षा र कर चेतनाको आवश्यकता: उपसभामुख राना मगर

काठमाडौँ। उपसभामुख इन्दिरा राना मगरले सामाजिक र आर्थिक रूपान्तरणका लागि पत्रकारिता, शिक्षा र कर प्रणालीतर्फ जनचेतना बढाउनुपर्नेमा जोड दिएकी छन् । बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्,’ हामी सडकमा हिँड्दा दायाँबायाँको नियम पालन नगरेझैँ, राज्यको नियम र जिम्मेवारीलाई पनि बेवास्ता गर्छौं । तर अब व्यवहारिक परिवर्तन आवश्यक छ।‘
उनले नेपालको युवाहरुलाई वित्तीय साक्षरता र करसम्बन्धी जानकारी दिनुपर्ने आवश्यकता औंल्याइन्। ‘कर तिर्नु नागरिकको कर्तव्य हो। जबसम्म हामी कर तिर्दैनौं, देशले विकास गर्न सक्दैन,” उनले भनिन्। उनले कर प्रणालीप्रति नागरिकको ईमानदारिता अन्य विकसित राष्ट्रहरुसँग तुलना गर्दै,’ हामी कहाँ करोडौं कमाउने व्यवसायी कर तिर्दैनन्, त्यहाँ जीरो करप्शन कसरी सम्भव हुन्छ?” भन्दै प्रश्न उठाइन्।
उपसभामुख राना मगरले पत्रकारिताको स्वतन्त्रता र जिम्मेवारीबारे पनि धारणा राख्दै जबसम्म पत्रकार स्वतन्त्र रुपमा सत्य लेख्न सक्दैनन्, तबसम्म समाजमा सुधार सम्भव नहुने बताइन् । स्वतन्त्र पत्रकारिता भन्नाले पनि जिम्मेवार पत्रकारिता हुनु आवश्यक रहेको उनले उल्लेख गरिन् ।
उनले हालै संसदबाट पारित साइबर सुरक्षा विधेयकप्रति पनि प्रतिक्रिया दिँदै सञ्चारमाध्यमको निष्पक्ष भूमिका अझै महत्वपूर्ण हुने बताइन्। कार्यक्रममा उनले आर्टिफिसियल इन्टेलिजेन्स एआई र प्रविधिको भूमिकाबारे चर्चा गर्दै भनिन्, “हामीसँग अत्याधुनिक प्रविधि छ, तर त्यसको प्रयोग सत्य सूचनाको प्रसारणमा हुनुपर्छ, भ्रम फैलाउन होइन।” राज्य र समाज दुवैले पत्रकारितालाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विकसित राष्ट्रहरूमा पत्रकार स्वतन्त्र हुन्छन् भन्ने भ्रम छ, तर त्यहाँ पनि उनीहरू प्रणालीमा आबद्ध रहेको प्रस्ट पारिन् ।
















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया