सहकारीको पौने तीन करोड ठगी गरेको आरोपमा लालीगुराँसका व्यवस्थापक पक्राउ

काठमाडौँ। लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल सेयर सदस्यहरूको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन्।
सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। व्यवस्थापक बमरेलमाथि रु दुई करोड ८७ लाख ५७ हजार सहकारीको रकम ठगी गरेको आरोप छ।
‘सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण सेयर सदस्यले बचत गरेको रकम गैरकानुनी तवरबाट आफ्नो व्यक्तिगत पारिवारिक प्रयोजनमा खर्च गरी ठगी गरेको जाहेरी परेपछि बमरेललाई पक्राउ गरिएको हो’, उनले भने।
सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि बमरेललाई २०८१ माघ २६ गते व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो। रकम अपचलन भएको थाहा भएपछि प्रहरीमा जाहेरी दिएको उक्त सहकारीका अध्यक्ष सुवि विश्वकर्माले बताए।
रम्भा गाउँपालिका–४ मा प्रधान कार्यालय रहेको उक्त सहकारीमा करिब तीन हजार ५०० सेयर सदस्य छन्। व्यवस्थापक बमरेलले विभिन्न व्यक्तिका नाममा रकम लिएको आरोप छ।
















नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया