स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला
मेरोन्यूज
२०८२ साउन ३० गते १०:२५

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गरिएको छ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन भदौ ३ गतेसम्म दिन सकिने छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
सम्बन्धित













धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
दुर्गा प्रसाईं समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया