बुधबार, वैशाख २३, २०८३

जम्मू कश्मीर बाढी : ६५ जनाको शव फेला, सय बढी अझै बेपत्ता

मेरोन्यूज २०८२ साउन ३० गते १५:१९

काठमाडौं । भारतको कश्मीरमा अचानक आएको बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६० नाघेको छ । दैनिक भास्कारका अनुसार बाढी र पहिरोमा परी एक सयभन्दा बढी अझै बेपत्ता छन् ।

Advertisement
NiccNicc

२१ वटा शव पहिचान भइसकेको छ। अहिलेसम्म १६७ जनाको उद्धार गरिएको छ। जसमध्ये ३८ जनाको अवस्था गम्भीर छ।

जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाहले ५०० भन्दा बढी मानिसहरू भग्नावशेषमुनि दबि बताएका छन् । उनले भने, “मलाई लाग्छ ५०० भन्दा बढी मानिसहरू भग्नावशेषमुनि दबिएका छन्।”

हिमपात र बाढीले बिहीबार भारतीय कश्मीरको चासोती गाउँ डुबानमा पारेको थियो । जसका कारण तीर्थयात्रीसमेत प्रभावित बनेका थिए ।

प्रतिक्रिया