बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०८२ भदौ २ गते ९:४३

काठमाडौं । काठमाडौंको गोल्फुटारदेखि बूढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बूढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
बूढानीलकण्ठ ७ मा राति १ बजे बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२–००२ प ५७२ मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको मृत्यु र अर्का करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मृतकको आफन्तको खोजी भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
सम्बन्धित
















विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया