ट्राफिक प्रहरीको ‘लापसे’ परीक्षण : २० चालक पक्राउ

काभ्रेपलाञ्चोक। ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन (लापसे)परीक्षण अभियान सञ्चालन गरेको छ । परीक्षण अभियानका क्रममा लापसे गरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको कार्यालयले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत उपत्यका प्रवेश नाका काभ्रेपलाञ्चोकको साँगालगायत जिल्लाका विभिन्न स्थानमा गरेको परीक्षणमा लापसे गरेर सवारीसाधन चलाउने २० सवारी चालक पक्राउ परेका छन् । एक सय एक चालकको परीक्षण गरिएकामा उक्त सङ्ख्याका चालक पक्राउमा परेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सुनिल धाँजूका अनुसार हालसम्म साउन महिनामा तीन स्थानमा गरिएको परीक्षणमा २० प्रतिशत चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । परीक्षणमा पक्राउ पर्नेमध्ये अधिकांश काठमाडौँ–धुलिखेल रुटमा सञ्चालित महानगर, मयूर तथा काभ्रेपलाञ्चोक–पुण्यमाता यातायात समितिका चालक रहेको कार्यालयले जनाएको छ । सचेतनामूलक रूपमा गरिएको लापसे परीक्षणलाई निरन्तरता दिइने धाँजूले बताए।
सडक अनुशासन, सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने अभियानस्वरूप चालकको लागू पदार्थ सेवन (लापसे) चेक गरिएको जनाइएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लापसे चेक गरिएको हो । सो परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपा, बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्य गरिएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया