बढुवा भएका सशस्त्रका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
मेरोन्यूज
२०८२ भदौ २ गते १८:३८

काठमाडौं।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा एक जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा एक जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सो क्रममा महानिरीक्षक अर्यालले सङ्गठनमा सेवारत रहँदा पदोन्नतिको विशेष महत्त्व हुने र पदोन्नतिसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीका साथ सम्पादन गर्न निर्देशन दिए ।
सम्बन्धित














ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया