बजार बिस्तारलाई आक्रमक बनाउँदै एमजी, ललितपुरको सातदोबाटोमा भव्य डिलरशिप

काठमाडौँ । एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो, ललितपुरमा नयाँ अधिकृत डिलरशिपको उद्घाटन गरेको छ । एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको यो अत्याधुनिक सुविधा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरशिपका रूपमा नियुक्त गरिएको छ । प्यारामाउन्ट मोटर्स प्रा.लि.का निर्देशक निकुञ्ज अग्रवालको आतिथ्यमा भएको औपचारिक उद्घाटनले ललितपुरमा एमजीको उपस्थिति विस्तारको ऐतिहासिक क्षणको सङ्केत गरेको छ ।
२०८२ भदौ २ गतेदेखि ग्राहकहरूले नयाँ सुविधा सम्पन्न शोरुममा गएर एमजीका प्रिमियम गाडीहरूको अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन् । यो डिलरशिपले ललितपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई सहज र व्यक्तिगत अनुभवसहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै अग्रवालले भने,“यो नयाँ डिलरसिप केवल एउटा शोरूम मात्र नभएर यो पूर्ण रुपमा एमजी अनुभवको प्रवेशद्वार हो । विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहित हामी ललितपुरका ग्राहकहरूलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौँ ।”
प्यारामाउन्ट मोटर्स प्रा. लि. नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक हो, जसले प्रिमियम विद्युतीय तथा इन्धन सञ्चालित गाडीहरूको विस्तारित श्रेणी उपलब्ध गराउँछ । नवीनता, ग्राहक सन्तुष्टि र दिगो यातायातप्रति प्रतिबद्ध प्यारामाउन्ट मोटर्सले पीआर सप्लायर्स जस्ता अधिकृत डिलरशिप मार्फत नेपालभर एमजीको बलियो उपस्थिति देखाइरहेको छ ।

















देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया