नाडा अटाे शाे : उड्ने कार हेर्न अवलाेकनकर्ताकाे घुइँचाे (तस्वीरहरु)

काठमाडौँ । नाडा अटो शो २०२५ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीको पहिलो दिन नै दिपलकाे उड्ने कार सार्वजनिक भएकाे छ ।
याे कार हेर्न उपभोक्ताको घुइँचो लागेको छ । बिहानैदेखि प्रदर्शनीस्थलमा पुगेका दर्शकहरू कार वरिपरि घेरा हालेर झुम्मिएका थिए ।

चीनको चांगन अटोमोबाइलले ईह्याङ कम्पनीसँग साझेदारीमा उत्पादन गरेको यो उड्ने कार नेपालमा पहिलोपटक सार्वजनिक प्रदर्शनका लागि ल्याइएको हो ।
पूर्णतया इलेक्ट्रिक यो दुई सिटे कार eVTOL प्रविधिमा आधारित छ । यसमा मल्टी–प्यारासुट सुरक्षा प्रणाली जडान गरिएको छ, जसले आपतकालीन अवस्थामा यात्रुको सुरक्षामा सहयोग पुर्याउने बताइएको छ ।
एकपटक चार्ज गरेपछि करिब ३० किलोमिटर सम्म उड्न सक्ने यो कारको गति प्रति घण्टा करिब १३० किलोमिटर भएकाे बताइएकाे छ ।

दिपल उप–ब्रान्ड अन्तर्गत एमएडब्लू वृद्धि अटो कर्प प्रालिले यसलाई चीनबाट तातोपानी नाका हुँदै काठमाडौं ल्याएको हो ।
यद्यपि नेपालमा संचालन अनुमति नपाएकाले अहिले प्रदर्शनका लागि मात्र ल्याइएको कम्पनीले स्पष्ट पारेको छ । हाल यसकाे मूल्यबारे पनि बताइएको छैन।
अमेरिका, चीन, कोरिया र यूएईलगायतका मुलुकमा परीक्षण उडान भइसकेको यो कार नेपालमा भने अहिलेको लागि प्रदर्शनकै मुख्य आकर्षण बनेको छ ।














घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया