बुधबार, वैशाख २३, २०८३

सदस्यता नदिए पनि एमालेकाे हितमा काम गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी

मेरोन्यूज २०८२ भदौ ५ गते १८:०३

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताएकी छन् ।

Advertisement
NiccNicc

बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहने पनि बताइन् ।

उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’

पूर्वराष्ट्रपति भण्डारीले एमालेले मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएकाले त्यसको मर्म र भावना अनुरुप काम गर्ने बताइन्। उनले आफ्नो संगठीत सदस्यमाथि नै च्यासलले प्रश्न उठाएको भन्दै आक्रोश व्यक्त गरिन्।

एमालेले सदस्यता नदिए पनि पार्टीको हितमा काम गरिरहने उनले बताइन्। भण्डारीले आफू लामो समयदेखि एमालेमा सक्रिय रहेको र एमालेकै निर्देशनमा राष्ट्रपति बनेको स्पष्ट पारिन्।

प्रतिक्रिया