आइतबार, फागुन १७, २०८२

जिम्मेवार व्यक्ति शिक्षा क्षेत्रको सुधारमा चुकिरहेका छन्ः नेता डा कोइराला

मेरोन्यूज २०८२ भदौ ६ गते १२:३८

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जिम्मेवार व्यक्ति शिक्षा क्षेत्रको सुधारमा चुकिरहेका बताउनुभएको छ । यहाँ आज आयोजित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिक उत्सव तथा नमूना सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता डा कोइरालाले नेपालको भविष्य शिक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भए पनि नीतिनिर्माण तहमा बसेका तथा जिम्मेवार व्यक्तिहरूले अझै वास्तविक काम रुपमा नगरेको बताए।

Advertisement
nepal life insurencenepal life insurence

विद्यालयलाई केवल शिक्षण संस्था मात्र नभई सामुदायिक गौरवको केन्द्र बनाउनुपर्नेमा नेता डा कोइरालाले जोड दिनुभयो । “हामी नेपालीमा अपार क्षमता छ, तर त्यसलाई उजागर गर्न सकेका छैनौँ । शिक्षकलाई सबल र सक्षम बनाउन सकिएन भने राष्ट्रलाई सबल बनाउन सकिँदैन । जबसम्म शिक्षकलाई राम्रो तलब, उचित सुविधा र सम्मान दिन सकिँदैन, तबसम्म गुणस्तरीय शिक्षा दिन सकिँदैन”, उनले भने।

शिक्षित समाज निर्माण राष्ट्रको समृद्धिको पहिलो आधार भएकाले आजको चुनौती भनेकै शिक्षा नीतिलाई प्राथमिकतामा राख्ने विषय भएको नेता डा कोइरालाले बताए । “सरकारले मात्र होइन, समाज र समुदायले पनि शिक्षा सुधारलाई आफ्नै जिम्मेवारीका रूपमा लिनुपर्छ । शिक्षा क्षेत्रलाई राजनीति वा व्यक्तिगत स्वार्थको खेल बन्न दिनु हुँदैन”, उनले भने ।

प्रतिक्रिया