गाजामा इजरायली आक्रमण तीव्र, सयौं नागरिक विस्थापित

गाजा सहर र वरपरका क्षेत्रमा इजरायलले गरिरहेको निरन्तर बमबारीले सर्वसाधारणमा अत्यन्तै भयावह असर पारिरहेको संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले जनाएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) का अनुसार इजरायलका आक्रमणहरू पूर्वी तथा दक्षिणी गाजा सहरमा विशेषगरी अज–जयतुन क्षेत्रमा अत्यन्तै तीव्र भएका छन् । ती आक्रमणहरूले धेरै संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै ठूला मात्रामा घरहरू ध्वस्त भएका छन् ।
ओचाका अनुसार अगस्त ८ यता ५० भन्दा बढी आवासीय घरहरूमा आक्रमण भएको छ, जसका कारण कम्तीमा ८७ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । गाजाको दक्षिण भागमा रहेको डेइर अल–बलाहमा, बिहीबार इजरायली हवाई आक्रमणले अस्थायी रूपमा विस्थापित भएकाहरू बसेको एक ठाउँलाई लक्षित गरेको थियो । यो ठाउँ ओचा कार्यालय नजिकै रहेको थियो, जहाँ करिब २०० परिवार बसोबास गरिरहेका थिए ।
इजरायली सेनाले थोरै समयअघि चेतावनी दिएपछि शिविर खाली गरिएको थियो, जसले ज्यान जोगाउन मद्दत ग¥यो । यद्यपि त्यहाँको टहरा र सरसामानहरू पूर्ण रूपमा नष्ट भएका छन् । ओचा कार्यालय आफैंमा पनि सामान्य क्षति पुगेको भए तापनि, त्यहाँ रहेका कर्मचारीहरू सकुशल रहेका छन् । उक्त आक्रमणका कारण कर्मचारीहरूमा ठूलो मानसिक आघात परेको ओचाले जनाएको छ ।
गाजामा रहेका संयुक्त राष्ट्रसंघीय संरचनाहरूको स्थान विवरण दुवै पक्षसँग साझा गरिएको ओचाले जनाएको छ । “मानवीय सहायता केन्द्र र अन्य नागरिक पूर्वाधारहरूलाई कुनै हालतमा लक्षित गर्नु हुँदैन, न त सैन्य संरचनालाई ढाल दिन त्यस्ता स्थानहरूको प्रयोग गर्न मिल्दछ,” ओचाले स्पष्ट पारेको छ । मानव आवागमनको निगरानी गरिरहेका ओचाका साझेदारहरूका अनुसार, अगस्त १२ देखि २० सम्म गाजामा १६ हजार ८०० भन्दा बढी सर्वसाधारण फेरि विस्थापित भएका छन् ।
यससँगै, मार्च महिनाको मध्यतिर युद्धविराम अन्त्य भएयता विस्थापितको संख्या सात लाख ९६ हजार नाघेको छ । यसमध्ये ९५ प्रतिशत विस्थापन गाजा सहरबाट भएको हो । यसैबीच, गाजामा बालबालिकाबीच भोकमरी र कुपोषणको अवस्था थप भयावह बन्दै गएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले दिएको जानकारी अनुसार, जुलाई गाजाका लागि सबैभन्दा धेरै बाल मृत्युदर भएको महिना रह्यो ।
पाँच वर्षमुनिका २४ बालबालिकाको मृत्यु भएको छ, जुन संख्या यस वर्षको कुल कुपोषणसम्बन्धी बाल मृत्युदरको ८५ प्रतिशत हो । युनिसेफले पाँच वर्षमुनिका करिब तीन लाख २० हजार बालबालिका तीव्र कुपोषणको जोखिममा छन्, जसले उनीहरूमा रोग र दीर्घकालीन स्वास्थ्य समस्या बढाउनेछ । ओचाका अनुसार, बालबालिकाहरूले सडक किनारामा सामान बेच्ने, भग्नावशेष संकलन गर्ने जस्ता कामहरू गर्न थालेका छन् । बारम्बार विस्थापित हुनुपरेका कारण उनीहरूमा मानसिक तनाव गहिरिँदै गएको छ ।
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया