प्रधानमन्त्री ओलीकाे चीन भ्रमण तालिका सार्वजनिक

काठमाडाैं । सरकारले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमण तालिका सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेकाे विज्ञप्ति अनुसार प्रधानमन्त्री ओली भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका रहेकाे छ ।
ओली सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्ने तालिका छ । त्यस्तै उपराष्ट्रपति हान झेङसँग भेटवार्ता हुने भएकाे छ ।
ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित ‘एससीओ प्लस समिट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विश्वका अन्य नेताहरूसँग साइडलाइन वार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नेछन् । त्यहाँ प्रधानमन्त्री ओलीले भदौ १७ गते चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्रीको टोलीमा श्रीमति राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छबिलाल विश्वकर्मा लगायत रहने छन् ।
प्रधानमन्त्री ओली भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्किने छन् ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया