एमजी एसफाइभ इभीकी ब्रान्ड एम्ब्यासडरमा प्रियंका रानी जोशी

काठमाडौं । नेपालका लागि एमजी (मोरिस गराजेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि., ले मिस नेपाल वल्र्ड २०२२ र चर्चित मोडल प्रियंका रानी जोशीलाई स्टाइलिश र डायनामिक एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडरको रूपमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।
यस सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भदौ ११ गते, बुधबार प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भयो। यो साझेदारी दुई वर्षका लागि हुनेछ।
यस साझेदारीमार्फत, प्रियंका नेपालमा एमजी एस–फाइभ इभीको फेस बन्नेछ्,ि र आगामी दुई वर्षसम्म यसका स्टाइल र इनोभेशनलाई प्रस्तुत गर्नेछिन्।
यस साझेदारीको घोषणा गर्दै प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले भने “प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्नुहुन्छ। यी गुणहरू एमजी एस–फाइभ इभी र एमजी ब्रान्डसँग पूर्ण रूपमा मेल खान्छन्। हामी उहाँलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं र सँगै नयाँ दर्शकहरूसम्म पुग्ने अपेक्षा राख्छौं।”
प्रियंकाले एमजी एसफाइभ इभीसँग आबद्ध हुन पाउँदा अत्यन्त उत्साहित भएको बताएकी छन् । एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो । प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि मा उत्साहित छु” उनले भनिन् ।
यस साझेदारीसँगै प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी एसफाइभ इभीको उपलब्धता र यसको आकर्षक डिजाइन, अत्याधुनिक फिचरहरू र शक्तिशाली परफर्मेन्सलाई अझ प्रचार गर्ने लक्ष्य राखेको छ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया