शनिबार, वैशाख १९, २०८३

३ दिनदेखि बेपत्ता २ युवक भिरबाट खसेको अवस्था मृत फेला

मेरोन्यूज २०८२ भदौ १७ गते १२:३१

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाईकल दुर्घटना भइ हराएका २ जनाको शव फेला परेको छ ।

Advertisement
NiccNicc

भदौ १५ गतेदेखि सम्पर्कविहीन रहेका गोसाइकुण्ड गाउँपालिका–६ ठाडे निवासी २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङलाई मंगलबार मृत अवस्थामा भेटिएका हुन्। उनीहरू एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए।

त्यसपछि उनीहरु सम्पर्कमा नआएपछि आफन्तले खोजीका लागि जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका थिए । निवेदन दिएकाे भोलिपल्ट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।

श्रीनाथ गण धुन्चेमा जडान गरिएको सीसीटीभी फुटेजमा उनीहरू भदौ १५ गते राति करिब १० बजे धुन्चेबाट ठाडेतर्फ गइरहेको देखिएको थियो।

घटनास्थलको प्रारम्भिक अध्ययनअनुसार मोटरसाइकल सडकबाट करीब २५० मिटर तल खोलामा खसेको अनुमान गरिएको छ। एक शवलाई रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको र अर्को शव पनि खोलामै देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धार कार्य जारी छ।

प्रतिक्रिया