मनाङ उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता
मेरोन्यूज
२०८२ भदौ १७ गते १२:५९

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
कात्तिक १७ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्ने आयोगले जनाएकाे छ। नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने छ।
राजनीतिक दलहरूले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्ने मंगलबार जारी सूचनामा उल्लेख छ। निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रदेश सभा सदस्य दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएसँगै उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया