आइतबार, वैशाख २०, २०८३

मनाङ उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता

मेरोन्यूज २०८२ भदौ १७ गते १२:५९

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

Advertisement
NiccNicc

कात्तिक १७ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्ने आयोगले जनाएकाे छ। नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने छ।

राजनीतिक दलहरूले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्ने मंगलबार जारी सूचनामा उल्लेख छ। निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रदेश सभा सदस्य दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएसँगै उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया