चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु

काठमाडौँ । निर्देशक दिनेश राउतको निर्देशनमा तयार हुनेभएको चलचित्र ‘कुमारी’को छायाङ्कन आजदेखि सुरू भएको छ ।
आज बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र छायाङ्कन सुरू गरिएको निर्देशक राउतले जानकारी दिए । उनले ३५ दिनमा उक्त चलचित्रको छायाङ्कन सकाउने तयारीका साथ काम गरिरहेको बताए ।
उनले भने, “केही समयको अन्तरालमा पुनःप्रेमकथानक चलचित्रलाई ठूलो पर्दामा ल्याउँदैछु । यसपटक नयाँ पुस्ताको कथालाई दर्शकले देख्न पाउनुहुनेछ । प्रेम कथा भएकाले यो साङ्गीतिक पनि हुनेछ ।” उनले यस चलचित्रमार्फत नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारीलाई अभिनय गराउँदै छन् ।
उनीहरुसहित चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मालगायतको अभिनय रहनेछ ।
विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको उक्त चलचित्रको पटकथा विकास सुवेदीले लेखेका हुन् ।













नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया