चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु

काठमाडौँ । निर्देशक दिनेश राउतको निर्देशनमा तयार हुनेभएको चलचित्र ‘कुमारी’को छायाङ्कन आजदेखि सुरू भएको छ ।
आज बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र छायाङ्कन सुरू गरिएको निर्देशक राउतले जानकारी दिए । उनले ३५ दिनमा उक्त चलचित्रको छायाङ्कन सकाउने तयारीका साथ काम गरिरहेको बताए ।
उनले भने, “केही समयको अन्तरालमा पुनःप्रेमकथानक चलचित्रलाई ठूलो पर्दामा ल्याउँदैछु । यसपटक नयाँ पुस्ताको कथालाई दर्शकले देख्न पाउनुहुनेछ । प्रेम कथा भएकाले यो साङ्गीतिक पनि हुनेछ ।” उनले यस चलचित्रमार्फत नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारीलाई अभिनय गराउँदै छन् ।
उनीहरुसहित चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मालगायतको अभिनय रहनेछ ।
विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको उक्त चलचित्रको पटकथा विकास सुवेदीले लेखेका हुन् ।















जंगली च्याउ खाँदा झापामा ११ जना बिरामी
लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
चितवनमा बिहे भोज खाएका ९३ जना बिरामी
७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
प्रतिक्रिया