सोमबार, फागुन १८, २०८२

कजारियाले ल्यायाे “कजारियासँगै गृहप्रवेश, घुमौं देश विदेश” योजना

मेरोन्यूज २०८२ भदौ १८ गते १३:२४

काठमाडौं । उत्कृष्ट गुणस्तर र नवीन डिजाईनका लागि परिचित कजारिया टायल्सले आफ्नो नयाँ उपभोक्ता योजना
“कजारिया संगै गृहप्रवेश, घुमौं देश विदेश” सार्वजनिक गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

यस योजना मार्फत ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत आकर्षक दायब्त स्मार्टवाच जित्ने अवसर पाउनेछन् भने, बम्पर उपहारको रूपमा केही भाग्यमानी जोडीहरूले सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज जित्न सक्नेछन्।

कजारिया टायल्सका निर्देशक हिमांशु अग्रवालका अनुसार, “दशकौँदेखि काजारिया विश्वास, गुणस्तर र उत्कृष्टताको प्रतीक बनेको छ। यो योजना हाम्रो ग्राहकहरूको अटल विश्वासप्रति धन्यवाद व्यक्त गर्ने माध्यम हो।

यस चाडपर्वमा नजिकैको काजारिया डिलरमा पुग्नुस्, आकर्षक कलेक्सनबाट रोज्नुस् र स्क्यान गरेर जित्नुस्, आफ्नो घरसँगै आफ्नो भाग्य पनि रूपान्तरण गर्नुस्।”

यस योजनामा सहभागी हुन ग्राहकहरूले आधिकारिक डिलरबाट कम्तीमा १,००० वर्गफिट काजारिया टायल्स खरिद गर्नुपर्नेछ। १,००० वर्गफिट भन्दा बढी खरिद गर्ने ग्राहकहरूले दैनिक लक्की ड्रमार्फत स्मार्टवाच जित्न योग्य हुनेछन् भने केही भाग्यमानी जोडीहरूले सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज भ्रमण अवसर पाउनेछन्। योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेछ।

काजारिया रामेश टाइल्स लिमिटेडले नेपालमै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरी देशको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापना गरेको छ।

अत्याधुनिक प्रविधिद्वारा निर्माण गरिएका टायलहरूले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्प उपलब्ध गराउँछन्।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरू मार्फत काजारिया प्रिमियम टाइल्सको क्षेत्रमा परिचित नाम बन्न सफल भएको छ।

उपलब्ध टाइलहरूमा ग्लेज्ड भिट्रीफाइड टाइल्स, हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स र सिरामिक वाल टाइल्स समावेश छन्। यी सबै टायलहरू जलप्रतिरोधी र दाग प्रतिरोधी भएकोले दीर्घकालीन टिकाउपन सुनिश्चित गर्छन्।

गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित काजारियाले नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।

प्रतिक्रिया