नक्कली भुटानी शरणार्थी प्रकरण : अन्तिम सुनवाइ न्यायाधीश कार्कीको इजलासमा

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सयौँ नागरिक ठगिएको प्रकरणको अन्तिम सुनवाइ सुरु भएको हो । ३३ जना प्रतिवादी रहेकाे याे मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको छ ।
भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म प्रतिवादी बनेका ३३ जनामध्ये २२ जना पक्राउ तथा अदालतमा उपस्थित भइसकेका छन् । जसमध्ये एमालेका सचिव टोपबहादुर रायमाझीसहित ११ जना पुर्पक्षमा कारागारमा छन् । यस्तै कांग्रेस नेता बालकृष्ण खाँणसहित ७ जना धरौटीमा रिहा भएका छन् । चार जना साधारण तारेखमा रिहा भएर जेल बाहिरै छन् ।
यो प्रकरणमा ११ जना अझै फरार छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया