कांग्रेस-एमालेलाई रास्वपाको चेतावनी : ०८४ पछि तपाईंहरू पनि बोल्न पाउनुहुने छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै ढकालले सत्तापक्षहरु उल्टै आफूहरूमाथि नै मिथ्या आरोप लगाइरहेको बताए ।
उनले पार्टी उपसभापति स्वर्णिम वाग्लेको फेक अडियो पनि सत्तापक्षले नै बनाएर सार्वजनिक गरेको आरोप लगाए ।
“हाम्रा उपसभापतिको डिपफेक अडियोसमेत सार्वजनिक गरिँदै छ । यस प्रवृत्तिले लोकतन्त्र बलियो हुन्छ ?,” ढकालले भने, “यस्ता अभ्यासले लोकतन्त्रलाई कहाँ पुर्याउँछ ? आफ्नाविरुद्ध बोल्नेलाई जेल हाल्ने राणा शासन कहाँ गयो ?”
सांसद ढकालले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्नेहरू एकदिन आफैँ समाप्त हुने बताए । राज्यका हरेक निकाय दलीयकरणको प्रभावले काम गर्न नसक्ने भएको उनको भनाइ छ ।
आगामी ०८४ सादपछि आफ्नो पार्टी बलियो हुने दाबी गर्दै उनले त्यसबेला अहिलेका सत्तापक्ष पनि बोल्न नपाउने चेतावनी दिए । ‘०८४ मा आम नागरिकले यो शैलीको हिसाब राखेका छन्। त्यो हिसाब निकाल्नेछन्। लोकतन्त्र जुरुक्क उठ्नेछ। जनता बोल्छन् तपाईँहरू बोल्ने ठाउँ हुँदैन’ उनले भने ।










एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया