कांग्रेस-एमालेलाई रास्वपाको चेतावनी : ०८४ पछि तपाईंहरू पनि बोल्न पाउनुहुने छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै ढकालले सत्तापक्षहरु उल्टै आफूहरूमाथि नै मिथ्या आरोप लगाइरहेको बताए ।
उनले पार्टी उपसभापति स्वर्णिम वाग्लेको फेक अडियो पनि सत्तापक्षले नै बनाएर सार्वजनिक गरेको आरोप लगाए ।
“हाम्रा उपसभापतिको डिपफेक अडियोसमेत सार्वजनिक गरिँदै छ । यस प्रवृत्तिले लोकतन्त्र बलियो हुन्छ ?,” ढकालले भने, “यस्ता अभ्यासले लोकतन्त्रलाई कहाँ पुर्याउँछ ? आफ्नाविरुद्ध बोल्नेलाई जेल हाल्ने राणा शासन कहाँ गयो ?”
सांसद ढकालले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्नेहरू एकदिन आफैँ समाप्त हुने बताए । राज्यका हरेक निकाय दलीयकरणको प्रभावले काम गर्न नसक्ने भएको उनको भनाइ छ ।
आगामी ०८४ सादपछि आफ्नो पार्टी बलियो हुने दाबी गर्दै उनले त्यसबेला अहिलेका सत्तापक्ष पनि बोल्न नपाउने चेतावनी दिए । ‘०८४ मा आम नागरिकले यो शैलीको हिसाब राखेका छन्। त्यो हिसाब निकाल्नेछन्। लोकतन्त्र जुरुक्क उठ्नेछ। जनता बोल्छन् तपाईँहरू बोल्ने ठाउँ हुँदैन’ उनले भने ।















सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया