सिङ्गापुरको आर्थिक वृद्धि घट्दाे क्रममा, अमेरिकी शुल्कको प्रभाव बढ्दै

सिङ्गापुरको निजी क्षेत्रको आर्थिक गतिविधिमा अगस्ट महिनामा निरन्तर सुधार देखिए पनि अघिल्लो महिनाको तुलनामा त्यो सुधारको गति केही सुस्त देखिएको छ । एसएन्डपी ग्लोबलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, समायोजित खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) अगस्टमा ५१.२ अङ्कमा मापन गरिएको छ, जुन जुलाई महिनामा ५२.७ थियो ।
पीएमआई ५० अङ्कभन्दा माथि रहँदा आर्थिक विस्तारको सङ्केत गर्दछ भने ५० भन्दा तल झर्दा सङ्कुचन देखिन्छ । यो सातौँ महिनासम्म लगातार भएको वृद्धिको सङ्केत हो, यद्यपि वृद्धिको गति केही मन्द भएको बताइएको छ ।
एसएन्डपी ग्लोबल बजार विश्लेषण विभागकी अर्थशास्त्री जिङयी पानले जानकारी दिँदै भन],“तेस्रो त्रैमासिकको मध्यतिर आइपुग्दा पनि सिङ्गापुरको निजी क्षेत्र विस्तारकै चरणमा देखिएको छ, तर हाल अमेरिकाले गरेको भन्सार शुल्कका कारण व्यापारमा केही दबाब देखिएको छ ।”
उgका अनुसार नयाँ अर्डरहरू हालको सात महिनाको अवधिमा सबैभन्दा सुस्त दरमा बढेका छन्, जसको प्रमुख कारण अमेरिकी शुल्कले व्यापारमा पार्ने असर हो । साथै, व्यवसायीहरूबीचको आत्मविश्वासमा पनि अघिल्लो महिनाको तुलनामा केही कमी आएको उल्लेख गरिएको छ ।
रोजगारी, खरीद र भण्डारणको स्तर घट्दै गएकाले आगामी दिनहरूमा अझ सुस्तता आउने सम्भावना रहेको पनि प्रतिवेदनमा जनाइएको छ । पानले थप्नुभयो,“कच्चा पदार्थको लागत बढ्नु र सामान तथा सेवाका मूल्य घट्नुले गर्दा कम्पनीहरूमा नाफामा थप दबाब परेको छ ।
यस्तो अवस्थामा बजार प्रतिस्पर्धा अझ कडा भएको देखिन्छ ।” त्यसैगरी, सिङ्गापुर खरीद तथा सामग्री व्यवस्थापन संस्थाले सार्वजनिक गरेको छुट्टै प्रतिवेदनअनुसार, देशको उत्पादन क्षेत्रको पीएमआई सूचकाङ्क जुलाई महिनाको तुलनामा ०.१ अङ्कले बढेर ५० पुगेको छ, जुन ‘अनिश्चित’ अवस्थामा रहेको सङ्केत हो ।
















नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया