मंगलबार, वैशाख १५, २०८३

होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

मेरोन्यूज २०८२ भदौ १९ गते १७:५८

काठमाडौं । जिल्ला होटल व्यवसायी सङ्घले काठमाडौँभित्र सञ्चालनमा रहेका होटललाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।

Advertisement
NiccNicc

सङ्घले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भेटेर होटल सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष सुरेश बरालले होटल व्यवसाय रातको १२ बजेसम्म सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे ।

ठमेल र दरबारमार्गका होटललाई २४ सै घण्टा सञ्चालन गर्न दिने वातावरण निर्माण भएको बेलामा नयाँबसपार्क, सुन्धारा, गौशाला, बागबजार, कलंकीलगायतका होटल पनि रातको १२ बजेसम्म सञ्चालन हुने वातावरण बनाइदिन सङ्घले प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरेको छ ।

भेटमा प्रजिअ रिजालले व्यवसायीहरूले उठाएका माग र समस्याबारे सम्बद्ध निकायसँग छलफल गरी समाधान खोज्ने बताए। उनले होटल व्यवसायलाई व्यवस्थित र सुरक्षासहित सञ्चालन गर्न प्रशासन सधैँ सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया