०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा ओलीले आगामी निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने र बहुमत ल्याउने दाबी गरे।
‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन,’ उनले भने, ‘हामी सरकारमा छौँ, चुनावमा कसैले धाँधली गर्न सक्दैन। हामी दृढताको साथ धाँधली रोक्नेछौँ र निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्नेछौँ।’
उनले भने “०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तीमा एकल बहुमत हामीले ल्याउनुपर्दछ । कमरेडहरू, यदि हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटीहरू र कार्यकर्ताहरू, सदस्यहरू र समर्थकहरू परिचालन गरेर जनताका बीचमा गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौँ ।’
















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया