०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा ओलीले आगामी निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने र बहुमत ल्याउने दाबी गरे।
‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन,’ उनले भने, ‘हामी सरकारमा छौँ, चुनावमा कसैले धाँधली गर्न सक्दैन। हामी दृढताको साथ धाँधली रोक्नेछौँ र निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्नेछौँ।’
उनले भने “०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तीमा एकल बहुमत हामीले ल्याउनुपर्दछ । कमरेडहरू, यदि हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटीहरू र कार्यकर्ताहरू, सदस्यहरू र समर्थकहरू परिचालन गरेर जनताका बीचमा गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौँ ।’










बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
Four houses perish in fire
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया