सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

काठमाडौँ । नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु. ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र संगठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरी अदालतमा बुझाएको जानकारी दिए । सो संस्थाका एक हजार ५२६ जना बचतकर्ताले जाहेरी दिएका थिए ।
उच्च अदालत नेपालगञ्जको फैसला कार्यान्वयन टोलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।
बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास गरी दुई तहको अदालतले जेल सजाय र बिगो भराउने फैसला गरेसँगै उनीहरू फरार थिए । प्रहरीका अनुसार सो मुद्दाका अझै १० जना दोषी फरार छन् ।
अदालतले संस्थाका अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच-पाँच वर्ष कैद, रु. ५०-५० हजार जरिवाना तोकेको छ भने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।
सो सहकारीमा भएको घोटालाका सम्बन्धमा विसं २०७६ असोज २८ गते जिल्ला अदालत बाँकेमा ४१ जनामाथि सहकारी ऐन, ठगी र संगठित अपराधको आरोप लगाइ परेको मुद्दामा २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले फैसला सुनाउँदै १९ जनालाई कसुरदार ठहर गरेको थियो ।
उक्त फैसला विरुद्ध प्रतिवादीहरू उच्च अदालत गएकामा २०८२ जेठ १४ गते उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

















‘UAE always ready for humanitarian aid’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
प्रतिक्रिया