शोरुम उद्घाटन अघि नै बुटवलमा १० युनिट प्रोटोन इमास७ ग्राहकलाई हस्तान्तरण

काठमाडाैं । नेपाली बजारमा राम्रो पकड बनाइरहेको प्रोटोनको विद्युतीय कार ‘इमास७’ शोरुम उद्घाटन अघिनै बुटवलमा १० युनिट बिक्री भएको छ । बुटवल–भैरहवाका लागि प्रोटोनको आधिकारिक विक्रेता बालजी ई–अटोमोबाल्सले आफ्नो शोरुम औपचारिक रूपमा उद्घाटन गर्नु अघि नै १० युनिट प्रोटोन इमास७ हस्तान्तरण गरेको हो ।
यस हस्तान्तरणले नेपालभरका ग्राहकबीच इमास७ को लोकप्रियता बढिरहेको पुष्टि गरेको प्रोटोनका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका बरिष्ठ उपाध्यक्ष राजु भेटवालले जानकारी दिए ।
आकर्षक लुक्स र नेपाली बाटो सुहाउँदो विशेषताका कारण ईमास७ नेपालमा सफल बनिरहेको उनको भनाई छ । ‘शोरुम उद्घाटन हुनु अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास ७ घर लैजाने अवसर पाउनु हाम्रो लागि गौरवको क्षण हो । यसले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहकलाई प्राथमिकता दिने नीतिलाई थप प्रमाणित गर्दछ’ उनले भने ।
शुन्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता आकर्षक अफरहरू सहित प्रोटोनले नेपाली परिवारहरूका लागि ईभीको स्वामित्वलाई अझ सजिलो र भरपर्दो बनाउन लक्ष्य राखेको छ । चीनको अग्रणी ईभी निर्माता जीलीको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, उच्चस्तरीय सुरक्षा र स्मार्ट सुविधाहरूलाई एकीकृत गर्दै नेपालका इभी पारखीहरुको उत्तम साथी बनेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया