सुरक्षाको प्रत्याभूति भएपछि मात्र यातायात सेवा दिन निर्देशन

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शान्ती सुरक्षाको प्रत्याभूति भए पश्चात् मात्र यातायात सेवा दिन निर्देशन दिएको छ ।
महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै सोमबार ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आन्दोलन झन् चर्किएको भन्दै सहज वातावरण नभएसम्म यातायात सेवा सञ्चालन नगर्न यातायात व्यवसायीलाई निर्देशन दिएको हो ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको तथा काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा सवारी साधन सञ्चालन नगर्न आग्रह गरे ।
“सोमबार भएको दुःखद् घटनाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा उपत्यकासहित देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको छ,” उनले भने, “सरकारबाट उचित शान्ती सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यकासहित देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरेका छौँ ।”
महासङ्घले सोमबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको उपचार गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया