दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ
मेरोन्यूज
२०८२ भदौ २५ गते १७:१५

तुलसीपुर (दाङ) । यहाँको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।
आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए । आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए । तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो ।
आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उहाँले बताउनुभयो । भाग्नेहरू सबै पुरुष कैदी हुन् । कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए । तीमध्ये महिला कैदीहरु भने भागेका छैनन् ।
कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए । सेनाले हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए ।
सम्बन्धित
















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया