पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् । मृतकमध्ये नौ जना गाजाको दक्षिणी भागमा मानवीय सहायता प्राप्त गर्न पर्खिरहेका बेला आक्रमणमा परेका थिए ।
पीडितका शवहरू गाजाका विभिन्न अस्पतालमा पु¥याइएको छ भने एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरूले भग्नावशेषमुनि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार जारी राखेका छन् । गाजा पट्टी अहिले इजरायली बमबारी, खाना, औषधि र इन्धनको चरम अभावका साथै मानवीय सहायतामा कडा प्रतिबन्धका कारण गम्भीर मानवीय तथा स्वास्थ्य सङ्कटमा छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ६४ हजार छ सय पाँच पुगेको छ भने एक लाख ६३ हजार तीन सय १६ जना घाइते भएका छन् ।














मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया