मोरङमा र चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

विराटनगर। शान्ति सुरक्षाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनभरि जिल्लामा निषेधाज्ञा आदेश भएको सूचना जारी गरेको छ । आदेशमा आज बेलुका ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कफ्र्यु आदेश निरन्तर रहेको जनाइएको छ ।
मोरङमा यही भदौ २४ गदेदखि नै निषेधाज्ञा र पछि कफ्र्यु आदेश जारी गर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । पछिल्लो समयमा मोरङमा थप कुनै अप्रिय घटना नभएको प्रजिअ यादवले जानकारी दिनुभयो । शान्ति सुरक्षाका लागि नेपाली सेनाले सडक तथा टोलटोलमा गस्ती गरिरहेका छन् ।
चितवन जिल्लामा लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए ।
उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उहाँले बताए । अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया